काभ्रे,जिल्लाको पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी (१७० बोरा) मैदा सोमबार नष्ट गरिएको छ ।काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं नेतृत्वको टोलीले घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर मैदा पुरेको हो ।…