सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बडहरेमा भएको यात्रुबस दुर्घटनामा ज्यान गुमाएका ११ मध्ये तत्कालीन भोटसिपा गाविसका मात्रै सात स्थानीयको निधन भएको छ। दुर्घटनाले सिंगो गाउँलाई नै स्तब्ध बनाएको छ।‘निकै अप्रिय घटना भयो,’ स्थानीय राजेन्द्र आचार्यले भने, ‘गाउँमा रुवावासी चलेको छ। सिंगो गाउँ स्तब्ध भएको छ।’ इन्द्रावती गाउँपालिका–९ का तीन र १० नम्बर वडाका चार जनाको ज्यान गएको…