कर्णाली ।कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान शुरु गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।हिमाली जिल्ला हुम्ला र डोल्पामा हवाईमार्गबाट भ्याक्सिन ढुवानी गरिएको थियो । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले ती जिल्लामा पनि बुधबारबाटै खोप…