काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ। चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ।चौरसिया पर्साको जगरनाथपुर गाउँपालिका अन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई फरकफरक कुसरमा दसवटा मुद्दा चलाइएको जानकारी दिए । अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचारका १४ मुद्दा…