योगेन्द्र तिमिल्सिना-फ्रान्सेली नारीवादी साहित्यकार र दार्शनिक सिमोन द बोभ्वा ९ जनवरी १९०८ मा प्यारिसको एरोँदिस्मेन्टको एक मध्यम वर्गीय परिवारमा जन्मेकी थिइन् । उनी जर्जेज बर्टाण्ड बोभ्वा र फ्राङ्काइज द बोभ्वाकी जेठी छोरी थिइन् । उनकी हेलेन नाउँ गरेकी एक बहिनी थिइन् ।बाबु जर्जेज बोभ्वा आफ्ना दुबै छोरीहरुलाई नाउँ चलेका शैक्षिक संस्थाहरुमा पढाउने र उनीहरुको उत्साह…