मकवानपुर गोली हानाहान

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ।मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयास्थित राप्तिखोला बगरमा फायरिङ भएको हो । शनिबार राति गाँजा बोकेको समूहले प्रहरीमाथि फायरिङ गरेको प्रहरीले जनाएको छ ।प्रहरीबाट पनि जवाफी फायरिङ भएपनि दुबैतर्फ कुनै क्षति नभएको जनाईएको छ । फायरिङपछि प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ भने अन्य भागेका छन् ।

Logo