काठमाडौं,सरकारले मासिक भत्तामा वृद्धि गरेपछि ज्येष्ठ नागरिकले आठ वर्षदेखिको धर्ना र आन्दोलन अन्त्य गरेका छन् । अग्रज समाज नेपालको आह्वानमा नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि धर्नामा रहेका ज्येष्ठ नागरिकले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाका लागि विगतको तुलनामा सन्तोषजनक व्यवस्था गरेकाले सहर्ष धर्ना रोकेका हुन् ।समाजका अध्यक्ष महाप्रसाद पराजुली भन्नुभयो, “देशका बा–आमालाई सुविधा…