कञ्चनपुर । बेलौरीमा एक युवक आफ्नै खेतमा मृत भेटिएका छन् । बिहिवार बिहान बेलौरी नगरपालिका ४ को सिमाना बुटाबारीमा बेलौरी नगरपालिका–४ गिरी टोलका १९ बर्षिय विष्णु गिरी मृत फेला परेका हुन् ।उनको मुखबाट रगत आउनुका साथै नजिकै विषालु पदार्थ भेटिएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी…