प्युठान,जंगलमा बाटो ढुकेर दिनदहाडै पैसा लुट्ने ४ जनाको नकावधारी समुहलाई प्रहरीले पक्राउ गरेको छ । पैसा लुटेको २४ घण्टा नबित्दै प्रहरीले यो सफलता हात पारेको हो।बुधवार साँझ ५ बजेको समयमा प्युठानको स्वर्गद्धारी नगरपालिका २ मा गाउँबाट समुहको पैसा बोकेर भिङ्ग्री तर्फ आउँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी शुसीला केसी माथि ब्लाङ्कटले ढाकेर ४ जना लुटेराको समुहले…