काठमाडौं । रुपन्देही कारागारमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मिटरब्याज पीडितहरुले भेट गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा कारागारमै पुगेको पीडितहरूको टोलीले लामिछानेसँग आफ्ना समस्याहरू राखेका थिए। भेटमा पीडितहरूले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका थिए। जवाफमा रवि लामिछानेले पीडितहरूलाई धैर्य…