काठमाडौं। श्रममन्त्री दीपककुमार साह श्रीमतीलाई जागिर खुवाउने चक्करमा लाग्दा अन्ततः आफ्नै मन्त्रीमपद गुमेको छ । श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डको सदस्यका रूपमा नियुक्ति गरेपछि विवाद भएको हो । उनले आफ्नो पद जोगाउन बीमा बोर्डको बैठकको माइन्युट सच्याउन अन्तिमसम्म प्रयास गरेको खुलाशा भएको छ । श्रीमती जुनु श्रेष्ठ बोर्ड सदस्यका रूपमा विवादमा तानिएपछि साहले बैठकको…