काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानीमा परिवारको जिम्मा लगाएर रिहा गरेको छ। प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई परिवारको जिम्मा लगाएर छाडिएको हो। जेन्जी आन्दोलन घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा दुवै नेतालाई पक्राउ गरिएको थियो। तर…