काठमाडौं । प्रतिनिधिसभाको सांसद भएको दुई वर्ष भयो । सङ्घीय संसद् जति प्रभावकारी ढङ्गले चल्नुपर्ने हो, त्यति प्रभवकारी रूपमा चल्ने सकेको छैन । हामी प्रतिनिधिसभाका सांसद जनताप्रति उत्तरदायि हुनेभन्दा पनि सरकार बनाउनमै व्यस्त भएको देखिन्छ । हाम्रो व्यवस्था नै त्यस्तै छ । बहुमतको आधारमा सरकार बनाउने र परिवर्तन हुन्छ । बहुमत कुनै एउटा पार्टीले ल्याउन…