काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नयाँ राजनीतिक दलका नेताहरूलाई चाप्लुसी र चाकरीको प्रभावबाट सजग रहन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उनले चाप्लुसी गर्ने प्रवृत्तिलाई “नेपाली भाइरस” भन्दै कडा टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो प्रवृत्तिले नेताहरूलाई गलत निर्णयतर्फ लैजान सक्छ । पुनले विशेषगरी रास्वपा लगायतका नयाँ दलका नेताहरूलाई लक्षित गर्दै आफ्ना कार्यकर्ता…