काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आइतबार सुनुवाइ नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भने भर्चुअल विधिबाट उपस्थित गराइएको थियो ।…