काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा दुवै जनाको तर्फबाट परिवारले दायर गरेको रिटमाथि सुनुवाइ हुने छ । जेन–जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार चैत १४ गते दुवैजनालाई…