काठमाडाैं । ताप्लेजुङको पाथीभरा अर्थात् मुक्कुम्लुङ नामले चिनिने प्रसिद्ध धार्मिक क्षेत्रमा केवलकार निर्माणको विषयमा पछिल्लो समय आम नागरिकदेखि राजनीतिक क्षेत्रमा विवाद झन् चुलिँदै गएको छ । केवलकार निर्माणको विवादमा पूर्वी नेपालमा मात्रै जारी रहेको आन्दोलन अब काठमाडौंमा पनि सुरु भएको छ । केवलकार निर्माणका विपक्षीहरुले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे’, ‘नो केवलकार’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द…