काठमाडौँ। भदौ २३–२४ को जेन–जी आन्दोलनका क्रममा भएको हताहती र तोडफोडबारे छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। प्रतिवेदन बुझाइएको यति लामो समय बितिसक्दा पनि सरकार मौन बस्नुले गम्भीर प्रश्न उठाएको छ। फागुन २४ गते नै प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन गोप्य राखिनु संयोग मात्रै हो कि नियोजित लुकाइ, त्यसबारे स्पष्ट जवाफ आएको…