सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद् भवनमा पुग्न निर्देशन दिएको थियो। तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ। आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो। निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद् भवन पुगिसकेका छन्। संसदीय दलको कार्यालयले…