सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझै अनिर्णीत बनेको छ। शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसीबारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन। निश्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ। शुक्रबारदेखि बैठक जारी छ। आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का…