मुलुकको राजनीति अहिले एमसीसीकै वरिपरि घुमिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन लागिरहेका छन्। जसरी भएपनि एमसीसी पारित गराउन लागेका प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धनकै दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले साथ नदिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग देउवाले भेटघाट बढाएका छन्। यसै सन्दर्भमा बिहीबार बेलुकी प्रधानमन्त्री निवास…