एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसद्मा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् । माओवादीले अहिलेको अवस्थामा एमसीसी…