मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनस्थलमा प्रतिनिधिहरुले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरुले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस)को हलमा कुर्चि तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् । …