नेकपा एमाले डडेल्धुराको नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा (विपिन) ले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन्। यसैगरी, एक उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको…