नेकपा माओवादी केन्द्रले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ । सांसदहरूले उठाएका विषयमा दलका नेता तथा…