दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन। बाहिर वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको चर्चा चलेका बेला रावल अध्यक्षबारे कुनै छलफल भएको जानकारी नभएको र उम्मदेवारी कुनै हालतमा फिर्ता नलिने उल्लेख गरिरहेका थिए। आफ्नै निकट पदाधिकारी व्यवस्थापनको सकसले ओली…