काठमाडौँ। मतपत्रद्वारा मौनक्रान्ति गर्ने भनेको निर्वाचनमा हो । प्रत्येक निर्वाचनले एउटा परिवर्तनको आकाङ्क्षा राखेको हुन्छ र त्यसको समीक्षा गर्ने भनेको निर्वाचनपश्चात् हो । समयको अन्तरालमा किन परिवर्तन आवश्यक छ त ? भन्ने प्रश्नमा सिद्धान्त आफैँ भन्छ– जनताको धारणामा आएको परिवर्तनलाई मतपत्रमार्पmत व्यक्त गर्ने हो । त्यसैले प्रत्येक निर्वाचनलाई प्रजातन्त्रमा जनादेशको महोत्सव मान्ने चलन छ ।…