प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ। यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो। बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ…