नेपाल कानून समाजले न्यायपालिकाभित्रका विकृतिको अन्त्य गरी न्यायपालिकाप्रति जनताको विश्वास बढाउन आवश्यक रहेको जनाएको छ। न्यायालयभित्र सुधारको मागसहित नेपाल बार एशोसिएसनको जारी शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै जारी विज्ञप्तिमा समाजले आन्दोलनरत कानून व्यवसायीप्रति अदालत परिसरमै भएको प्रहरी हस्तक्षेपलाई दुर्भाग्यपूर्ण भनेको छ। समाजका अध्यक्ष तीर्थमान शाक्यले एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयभित्र देखिएका सबैखालको विकृतिको…