इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीले नेकपा एमालेमा वार्गेनिङ गरिरहेका छन्। इटहरीका स्थानीय नेताहरूले नगरप्रमुख चौधरी एमालेमा स्पेस खोज्न र महाधिवेशन प्रतिनिधि छनोट हुनका लागि यो नाटक मञ्चन गरेको आरोप लगाए। उनले एमालेसँगको असन्तुष्टि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईलाई आफ्नो घरमै उपस्थित गराएर औपचारिक कार्यक्रम गरेर पोखेका छन्।…