राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की वाग्मती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन्। वाग्मती प्रदेशसभाको नवौं अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने बताइन्। प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरु पद र प्रतिष्ठाको लागि मात्र उभिने…