आठ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या तथा थारुहरूको ८७ घरसँगै रिसोर्ट र फूलबारी एफएम खरानी भएको टीकापुर घटनाको ६ वर्ष पूरा भएको छ। संविधानसभाबाट संविधान जारी हुनु करिब एक महिनाअगाडि २०७२ साल भदौ ७ गते उक्त घटना भएको थियो। घटनाप्रति सरकार र थारु समुदायको भिन्नभिन्न बुझाइ छ। घटनालाई सरकारले ‘घुसपैठीय अपराध’ भनेको छ। थारुहरूले…