सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो। उक्त कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ। “चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ”, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भने। कार्यविधिलाई अन्तिम रुप दिन कार्यदलको…