गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन्। गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको…