नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित समयमा नहुने स्थितिबीच वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारीमा पौडेलपक्षीय नेताहरू केहीबेरदेखि छलफलमा छन्। नेताहरू रामचन्द्र पाैडेल, प्रकाशमान सिंह, शशांक काेइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल लगायत छलफलमा छन् । छलफलमा सहभागी एक नेताका अनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद निरुपण नभएको र महाधिवेशनको…