महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। कांग्रेसले दुई जना सांसदलाई मन्त्री बनाएर सरकारमा सहभागी हुने भएको हो। सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठ मन्त्री भएका छन्। बिसी सामाजिक विकासमन्त्री र श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन्। उनीहरूलाई कांग्रेसले १३ बुँदे आचारसंहितामा पनि हस्ताक्षर गराएको छ। उनीहरूको पद…