प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नका साथै केही मन्त्रीलाई बिदा दिँदै मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी गरेका छन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। जसअनुसार विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्रीमा सपथ ग्रहण गर्नेछन्। नयाँ मन्त्रीहरूको…