सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ। टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानूनसम्मत पहल गर्ने सहमति दुई पक्षबीच भएको छ। त्यस्तै थरुहट÷थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने…