जसपाले आठ मन्त्री र दुई राज्यमन्त्री लिएर ओली नेतृत्वको चुनावी सरकारमा जाने भएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागि हुने तर त्यसका लागि जसपालाई आठ मन्त्री र दुई राज्यमन्त्री दिनुपर्ने प्रधानमन्त्री केपी ओलीसँगको आजको छलफलमा मागेको बुझिएको छ । प्रधानमन्त्री केपी ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका…