जनसभालाई सम्बोधन गर्न प्रचण्ड–माधव आज संखुवासभामा 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज संखुवासभा गएका छन्।  प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो समूहको जिल्ला कमिटीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न उनीहरू संखुवासभा गएका हुन् । आजको कार्यक्रम जिल्ला सदरमुकाम खाँदबारीमा हुँदैछ।  यता नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा अन्तर्क्रिया कार्यक्रमको पनि आयोजना गरेको छ ।…

Logo