काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।विहिबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जाँदैमा आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई ढाडस दिएका हुन् । आगामी निर्वाचनमा बहुमत ल्याउँछौं भन्ने मनोबल…