काठमाडौं ।नेकपाको ओली पक्ष निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । शुक्रबार तय गरिएको जनसभाको तयारीका लागि मोटरसाइकल र्याली निकालिएको आयोजकले जनाएको छ । ललितपुरको बालकुमारी पुलबाट मध्यान्ह शुरू भएको मोटरसाइकल र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट…