काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले आफ्नो विरोधमा प्रचण्ड-नेपाल समूहले गरेको जुलुसमा राष्ट्रपतिको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले गरेको जुलुसमा जस्तो रक्सी भट्टीमा पनि नबोल्ने बताए।रक्सी भट्टीको बाटो हिँड्दा बेठिक बेठिक बोलेको सुने पनि प्रचण्ड र माधव नेपालको जुलुसमा जस्तो नबोलेको उनको भनाइ छ।…