काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको मात्रै भएको बताएका हुन् । प्रचण्ड–माधव पक्षले प्रतिगमनकारी क्रियाकलाप गरि प्रतिगमनको तयारी गरिरहेकाले त्यसलाई रोक्न प्रतिनिधि सभा…