प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल परिस्थितिका बाबजुद सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे ।उनले भने, “सरकारले दुई वर्षको अवधिमा परिणामुखी ढङ्गले बिल्कुलै काम गर्न सकेन बरु अधिनायकवाद…