काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ग्राण्डी अस्पताल गई स्वास्थ्य जाँच गराएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार डाक्टरहरूको सल्लाहमा स्वास्थ्य जाँचका लागि गई बालुवाटार फर्किसकेका छन् ।नियमित मृगौलाको डायलसिस गराइरहेका प्रधानमन्त्रीको यस पटकको स्वास्थ्य परिक्षण नियमित भने होइन । तर स्वास्थ्यकर्मीको सल्लाह अनुसार परिक्षण गरिएको हो ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नै…