सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इञ्चार्जमा वृन्दा पाण्डेलाई चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै पाण्डेलाई इञ्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो ।त्यस्तै कमिटीको अध्यक्षमा युवराज चौलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा रुकु विकलाई जिम्मेवारी दिने निर्णय…