कास्की,कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले आफू सामन्तवादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।चुनावी घरदैलोका क्रममा पोखरा–३३ ठूलढुङ्गा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावीसभामा उहाँले जनताको सुख दुःखसँगै रहने बताउनुभयो । समाजका पीछडिएका वर्गलाई आर्थिकरुपमा…