ललितपुर,नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राज्यको सङ्घीय संरचना अनुसार नै पार्टीको नयाँ संरचना बनाउने निर्णय गरेको छ । अब काँग्रेसको संरचना पार्टीको विधानको सङ्क्रमणकालीन व्यवस्था अनुसार हुनेछ । नयाँ संरचनामा जाँदा सबै कार्यकारी समितिमा महिलाको सङ्ख्या कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुनेछ ।यसैगरी संस्थापन इतरका केन्द्रीय सदस्यहरूले जारी बैठकबाटै महाधिवेशनको कार्यतालिका बनाउनु पर्ने अडान राखे पनि…