भक्तपुर, २० कात्तिक ।भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन् ।रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा उनले भने, “भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन…